२०८२ श्रावण ३१, शनिबार ०७:४९

जनता समाजवादी पार्टी नेपालले देशब्यापी रुपमा प्रत्येक जिल्लामा आईटी सेल गठन गर्ने निर्णय गरेको छ ।

जसपा नेपालको सूचना संचार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वडासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षितआईटी सेलको शाखा विस्तार गर्ने निर्णय गरेको छ ।

बालकुमारीमा शुक्रबार बसेको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरुलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आईटी सेल विस्तार गर्न लागेको सूचना विभागका सचिवसमेत रहेका जसपा नेपालको केन्द्रीय आईटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए ।

आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढंगले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आईटी मैत्री बनाउने उद्देश्यले हालै चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आईटी सेल गठन भएको थियो ।

विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी आईटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरूलाई पत्राचार गर्ने निर्णय भएको चौर सियाले बताए ।

Comment


Related News

Latest News

Trending News