
भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि नेपाल आइपुग्नुहुने भएको छ । उहाँ परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो ।
भ्रमणका क्रमका नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर सचिवस्तरीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाण्डौ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नुहुनेछ । उहाँ पर्सि सोमवार भारत फर्कनुहुने छ ।
