२०८२ भाद्र ४, बुधबार १७:०२

रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एकजना युवकको मृत्यु भएको छ।

गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिक अन्दाजी १८ वर्षीय युवकलाई बुधवार दिउँसो छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान गौर नगरपालिका–३ का नन्दु महतोका २० वर्षीय छोरा सनोज राम रहेका छन्। मृतक र आरोपित युवक एकै ठाउँमा काम गर्ने साथी रहेको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्। उनका अनुसार मृतकको घर फतुवा बिजयपुर नगरपालिकामा भएको बुझिए पनि समाचार तयार पार्दासम्म उनको पूर्ण परिचय खुल्न सकेको छैन।

घटनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ।

Comment


Related News

Latest News

Trending News