मधेश प्रदेशको प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौँ १२ गते शुरु हुने भएको छ ।
असार मसान्तको क्रममा योजना खरिद विक्री हुने गरेको भन्दै सत्तापक्षका केही सांसद र प्रतिपक्षीले समेत आवाज उठाएपछि मधेश प्रदेश सरकारले हतारहतारमा पाँचौ अधिवेशन अन्त्यको घोषणा गरेको थियो । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरेको जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, २०८२ भदौँ १२ गते बिहीबार दिउँसो १ बजेदेखि प्रदेश सभाको छैटौँ अधिवेशन सुरु हुनेछ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ भदौँ ४ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जनाएका छन् ।



