२०८२ भाद्र ६, शुक्रबार ०७:२८

जनकपुरधाम उपमहानगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण गरिएको छ ।

जनकपुरधाममा बिहीबार आयोजित एक कार्यक्रममा उपमहानगरपालिका–१७ तेतरियास्थित निर्माण सम्पन्न उक्त भवन जनकपुरधामका हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासको सहयोगमा करिब २ करोड २५ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण गरिएको छ ।

भवनमा अपांगमैत्री संरचना, प्रयोगशाला, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् । सो भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ । सो अवसरमा वडा १७ का वडाध्यक्ष रामवृक्ष यादवले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने बताए । उनले भने, “यस क्षेत्रका अधिकांश जनता कृषि व्यवसायमा आवद्ध छन् ।

आधुनिक प्रविधि प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न यो भवन महत्वपूर्ण आधार बन्नेछ ।” त्यस्तै, वडा ९ का वडाध्यक्ष परमेश्वर साहले कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको जनकपुरधाममा यो भवनले किसानहरूको जीवनस्तर उकास्न र आयवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासका प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिए ।

गत वर्ष असार महिनामा नगरप्रमुख साहले शिलान्यास गरिएको उक्त भवनको निर्माण कार्य करिब एक वर्षको अन्तरालमै सम्पन्न गरी हस्तान्तरण समेत गरिएको छ भने निर्माणको जिम्मेवारी विजय सिर्जना भगत ग्रुप जेभीले पाएको थियो ।

Comment


Related News

Latest News

Trending News