२०८२ भाद्र १२, बिहीबार १४:०१

भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस-ए-मोहम्मदका तीन आतंककारी नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको छ। तीन आतंककारीको नाम र तस्बिर सार्वजनिक गर्दै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा अलर्ट जारी गरेको छ।

बिहारमा घुसपैठ गरेका आतंककारीमा बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीनै जनाको राहदानीसँग सम्बन्धित जानकारी पनि सार्वजनिक गरिएको छ।  तीनै जना आतंककारी अगस्ट दोस्रो साता काठमाडौँ आइपुगेको दाबी गरिएको छ।

त्यसपछि उनीहरू बिहारमा घुसपैठ गरेको भनेर भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसका लागि भारतको प्रहरी मुख्यालयले सुरक्षा अलर्ट जारी गरेको जनाइएको छ।

Comment

Related News

Latest News

Trending News