२०८२ भाद्र १४, शनिबार ०७:५६

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेशका संसदीय दलका नेताबाट निलम्बित भइ फरार सूचीमा रहेका अभिराम शर्माका छोरा मानषराज शर्मालाई ठगी आरोपमा काठमाण्डु प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत प्रलोभनमा पार्नका लागि धाकधम्की र डर त्रास देखाइ ब्लैकमेल गरी पटकपटक बैंकमार्फत रकम रकमान्तर गर्न लगाएको एवं ठगी गरेको भन्दै आरोपित शर्मामाथि पीडितले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा दिएको निवेदनको आधारमा पक्राउ गरेको जनाइएको छ ।



ब्यूरोमा दिएको निवदेनको आधारमा प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय शर्मामाथि विद्युतीय माध्यमसम्बद्ध ठगी अन्तर्गतको कसुरमा भदौँ ८ गते नियन्त्रणमा लिएको साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारीसमेत रहेका प्रहरी उपरीक्षक दीपराज अवस्थीले जानकारी दिए ।

ब्यूरो टोलीले काठमाण्डु महानगरपालिका वडा नम्बर ९ स्थित रातोपुलबाट आरोपित शर्मालाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी अवस्थीले बताए ।

Comment


Related News

Latest News

Trending News