
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहार जस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग(BPL) सार्वजनिक गरेको छ।
सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली रपहिचानको प्रतीक बनिसकेको छ।त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो ।

यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिद कर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन्। साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएकोछ।
यस क्याम्पेनका मुख्य आकर्षणहरू:
– जति धेरै रन, त्यति धेरै पुरस्कार
– सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार
– Player of the Week बन्ने ग्राहकलाई रु= १लाखनगद
– चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर
यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिद कर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन्।
यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेन मार्फत ग्राहक सँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ। कम्पनीको विश्वासछ कि BPLले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ।”
त्यति मात्रै होईन यस क्याम्पेनले मोवाइल गेम प्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ।यस गेममा जति धेरै रन लिन सक्यो त्यति नै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जोसुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएकोछ।