२०८२ भाद्र १७, मंगलवार १८:५१

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले जनसंख्याको आधारमा प्रदेशलाई बजेट हाल्नु आवश्यक रहेपनि सबभन्दा बढी जनसंख्या रहेको मधेश प्रदेशलाई कम बजेट पठाएर उपेक्षा गरिएको आरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाको बुधबार राजविराजमा हुने जनजागरण अभियानलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका लोसपा अध्यक्ष ठाकुरले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन् ।

“मधेशबाट उठ्ने गरेको राजश्वको २० प्रतिशत रकम पनि मधेश प्रदेशमा पठाइदैन, उनले भने–संघीय सरकारबाट यसरी नै उपेक्षा गरिरहे मधेश प्रदेश अझै पछाडी पर्ने निश्चित छ ।”

काठमाडौं बसेर मधेशलाई अन्नको भण्डार भन्ने गरिए पनि सबैभन्दा बढी कृषि क्षेत्र समेत रहेको मधेश प्रदेशलाई उपेक्षित गर्दा निकट भविष्यमा खाद्यान्न संकट आउन सक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे । मधेशका जनताले पिउने पानी समेत नपाइरहेको अवस्थामा खेतीपातीको काम कसरी सम्भव भएहोला भन्ने कुराको सहजै अनुमान गर्न सकिने उनको कथन छ ।

सुख्खाग्रस्त मधेश प्रदेशको अवस्था बुझ्न केही साता अघिमात्र मधेश प्रदेश आएका प्रधानमन्त्री ओलीसँग आफू पनि सँगै रहेको स्मरण गर्दै उनले त्यही बेला प्रधानमन्त्रीले घोषणा गरेको ५ सय डिप बोरिङ दिने कुरा पनि अहिलेसम्म सुरु नभएकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले केन्द्रमा दुई ठुला दलको बहुमतको सरकार रहेकोले २०८४ सम्म चल्ने बताउदै लोसपा सरकारमै रहेर जनताको पक्षमा काम गर्ने स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News