२०८२ भाद्र १८, बुधबार ०५:४७

मधेश प्रदेश सरकार नेतृत्वको लागि केही समयदेखि बाह्य साम्य देखिए पनि आन्तरिक रुपमा मधेश केन्द्रित दलबीच मुख्यमन्त्री पदका लागि लविंग गर्ने क्रम भने रोकिएको छैन । सत्तारुढ गठबन्धन नेपाली कांग्रेस– नेकपा एमालेले सात वटै प्रदेशमध्ये छ वटा प्रदेश सरकार गठन गरेको छ भने मधेश प्रदेशमा मधेश केन्द्रित दलमध्ये जनमत पार्टीले सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको छ ।

जनमतले एक वर्षभन्दा बढी समयदेखि नै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहे पनि यता केही महिनादेखि मधेश प्रदेश सरकार परिवर्तनबारे चर्किएको विवाद साम्य देखिएको थियो । प्रदेश सरकारको अगुवाइका लागि कांग्रेस र एमालेभित्र पनि तीव्र गुटबन्दी भइरहेपछि एकाएक सतीशकुमार सिंह नेतृत्वको सरकार परिवर्तनबारे पहल नै ओझेलमा परेको थियो । तर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले ओझेलमा परेको सत्ता परिवर्तनका सन्दर्भलाई कोट्याएका छन् ।

लोसपा नोपलका अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने पालो अब आफ्नो पार्टीको रहेको दाबी गरेपछि मधेश तरंगित बनेको छ । राजविराजमा पुगेर अध्यक्ष ठाकुरले मधेशी दलहरूले साढे सात वर्षदेखि मधेशको नेतृत्व गरिसकेको स्मरण गराउँदै अबको नेतृत्व गर्ने जिम्मेवारी लोसपाको भएको अभिव्यक्ति दिइ पुनः सरकारको नेतृत्वमा दाबी गरेका छन् । उनले केन्द्रमा सत्तारूढ गठबन्धनभित्र सात प्रदेशको नेतृत्व बाँडफाँटको सहमति अनुसार तीन– तीन प्रदेश कांग्रेस र एमालेले नेतृत्व गर्ने र मधेश प्रदेश मधेशी दललाई दिने सहमति भएको स्मरण गरे ।

सोही अनुसार अब मधेशी दलभित्र पनि नेतृत्वको पालो लोसपाको भएको उनको भनाइ छ । अध्यक्ष ठाकुरले भने, “मधेश प्रदेशमा कांग्रेस–एमाले मिलेर मात्रै सरकार बनाउन सक्ने स्थिति छैन । मधेशी दलहरूको साथ आवश्यक पर्छ । मधेशी दलहरूले पहिल्यै नेतृत्व गरिसकेकाले अबको पालो हाम्रो हो ।” हालै सरकार परिवर्तनको त त् क ा ल सम्भावना नभएको उल्लेख गर्दै उनले रुपन्देही उपनिर्वाचनपछि परिस्थितिमा परिवर्तन आउन सक्ने संकेत गरे । उनले केन्द्रमा गठबन्धनको बहुमत रहेको सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै लोसपा सरकारमा रहेरै जनताको पक्षमा काम गर्ने र शान्तिपूर्ण आन्दोलन समेत जारी राख्ने बताए ।

मधेशमा फैलिएको खडेरी र खानेपानीको समस्याबारे सरकारले चासो नदिएकोप्रति असन्तुष्टि जनाउँदै उनले आफूले संसद् र सरकार दुबैमा आवाज उठाइरहेको बताए । प्रधानमन्त्रीसँगै सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरिसकेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीले घोषणा गरेको ५०० डिप ब ा े िर ङ अझै नपुगेको प्रति असन्तोष व्यक्त गरे । उनले विगतको आन्दोलनबाट मधेशले पहिचान पाएको भए पनि अधिकार अझै नपाएको भन्दै मोर्चा बनाएर पुनः जनतामाझ जाने अभियान सुरु गरिएको बताए ।

जनसंख्याका आधारमा बजेट वितरण हुनुपर्नेमा जोड दिए । उनले मधेशबाट केन्द्रमा जाने राजस्वको कम्तीमा ३५ प्रतिशत मधेशमै आउनुपर्ने माग राखे । उनले भने, “तर हालसम्म २० प्रतिशत पनि आएको छैन ।” अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा मधेश प्रदेशलाई बजेट दिनुपर्ने आवश्यक रहे पनि सबैभन्दा बढी जनसंख्या रहेको मधेश प्रदेशलाई नै कम बजेट दिएर उपेक्षा गरिएको आरोप लगाएर असन्तुष्टि व्यक्त गरे ।

संघीय लोकतान्त्रिक मोर्चाको बुधबार राजविराजमा हुने जनजागरण अभियानलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका लोसपा अध्यक्ष ठाकुरले मधेश प्रदेश अझै पछाडि पर्ने निश्चित रहेको बताए । काठमाडु बसेर मधेशलाई अन्नको भण्डार भन्ने गरिए पनि सबैभन्दा बढी कृषि क्षेत्र समेत रहेको मधेश प्रदेशलाई उपेक्षित गर्दा निकट भविष्यमा खाद्यान्न संकट आउन सक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।

मधेशका जनताले पिउने पानी समेत नपाइरहेको अवस्थामा खेतीपातीको काम कसरी सम्भव भए होला भन्ने कुराको सहजै अनुमान गर्न सकिने उनको भनाइ छ । संयुक्त लोकतान्त्रिक मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरे अनुसार बुधबार राजविराजमा र यही भदौँ २० गते जनकपुरधाममा जनजागरण कार्यक्रम हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News