२०८२ भाद्र २०, शुक्रबार ०७:४५

मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ ।

बिहीबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत शुक्रबार मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व मोहम्मद जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “मधेश प्रदेश सरकारद्वारा २०८१ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदासम्बन्धी सूचनाअनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय भएको हो ।”

यसअघि नै प्रदेश सरकारले २०८२ सालका लागि सार्वजनिक बिदासूची प्रकाशित गरेको भए पनि थप विशेष अवसरका लागि विदा दिने व्यवस्था गरेको छ ।

Comment

Related News

Latest News

Trending News