२०८२ भाद्र २०, शुक्रबार ०७:४९

राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन निर्माण औपचारिक रूपमा शुरु भएको छ ।

गुठी संस्थानसंग भएको सम्झौता अनुसार नगराईन नगरपालिका–८ स्थित मनियारीमा बिहीबारदेखि जग्गा नापजाँच तथा छुट्याउने कार्य प्रारम्भ गरिएको छ । नेपाली कांग्रेसका स्थानीय नेता प्रवेश चौधरीको संयोजनमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका सांसद तथा पूर्वमन्त्री रामसरोज यादव, विश्वविद्यालयका प्रतिनिधि प्रसासन प्रमुख सन्तोष अर्याल, नगराईन नगरपालिकाका मेयर बिनय कुमार यादव, विभिन्न वडाध्यक्षहरू र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो ।

पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद यादवले कतिपयले विश्वविद्यालय राजधानीमै हुनुपर्ने जिकिर गरेको सुनिएको जानकारी दिए । उनले मधेश प्रदेशको राजधानीको चारकिल्ला बमोजिम मनियारी क्षेत्र राजधानीकै केन्द्रमा पर्ने भएकाले अब अनावश्यक विवाद नगरी सहयोगमा जोड दिनुपर्ने बताए ।

राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने माग विगत लामो समयदेखि उठ्दै आएको थियो । मधेश प्रदेशमा बढ्दो जनसंख्या, शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था तथा विश्वविद्यालयको अभावका कारण विद्यार्थीहरू अन्यत्र जान बाध्य हुने अवस्था थियो । संघीय सरकारले २०७९ सालमा राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।

विश्वविद्यालयलाई जनकपुरधाम केन्द्र मान्दै यसले प्रदेशकै उच्च शिक्षामा नेतृत्व दिने अपेक्षा गरिएको छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण प्रक्रिया शुरु भएसँगै मधेश प्रदेशमा शैक्षिक पूर्वाधार मजबुत हुने छ ।

Comment


Related News

Latest News

Trending News