२०८२ भाद्र २०, शुक्रबार ०७:५७

धनुषा महोत्तरीको सीमवर्ती क्षेत्र अवस्थित एक समुदायिक बिद्यालयमा विद्यार्थीलाई खाजामा मरेको छेपारो मिसाएर खुवाउदा दर्जनौ विद्यार्थीको स्वास्थ्य अवस्था सिकिस्त भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श मा.वि.रतौलीमा विद्यार्थीलाई दिइएको दिवा खाजा हलुवामा मरेको छेपारो फेला परेको छ । हलुवा खाएर दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् भने उनीहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । सो विद्यालयमा बिहीबार दिउँसोतर्फ दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएपछि विद्यार्थीहरुले विद्यालयका शिक्षक/कर्मचारी तथा अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि केही अभिभावक विद्यालय पुगेर प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै हातपातसमेत गरेका थिए ।

बालबालिकाको भविष्यको साथ खेलवाड गरेको भन्दै उनीहरुले विद्यालयमा सामान्य तोडफोड पनि गरेका छन् । स्थिती तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी आएर नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । स्थिती अहिले पनि पूर्ण रुपमा सामान्य बन्न सकेको छैन । अभिभावकहरुले विद्यार्थीहरुको जीवनसंगै खेलवाड भएको आरोप लगाएका छन् । उनीहरुले प्रधानाध्यापनसहित विद्यायल समितिलाई कारवाही गर्नु पर्ने मागसहित विद्यालय प्राङगन भित्रै विरोध गरिरहेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरमा करिब एक सयभन्दा बढी विद्यार्थीको उपचार भइरहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News