२०८२ भाद्र २२, आईतवार ०६:०३

उद्योगमन्त्री बसन्त कुशवाहाले प्रदेश सरकारले १ हजार मेगावाटको सौर्य विद्युत परियोजनाको तयारी गरिरहेको बताए छन् ।

मधेश प्रदेश सरकारले आउँदो जनवरीमा गर्न लागेको लगानी सम्मेलन तयारीबारे यहाँका उद्योगी÷व्यवसायीलगायत सरोकारवालासँगको छलफलमा सौर्य विद्युत परियोजनाको तयारीबारे बताए । उनले लगानी सम्मेलनबाटै मधेश प्रदेशमै युरिया मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि पनि लगानी जुटाउन सकिने उनले बताए ।



मधेशका प्रत्येक जिल्लामा विशेषज्ञ सेवासहितको ५ सय शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य पनि मधेश सरकारको रहेको उनले बताए । सम्मेलनमा शिक्षा, पर्यटन, लजिस्टिक, बिउबिजन उत्पादन, जैविक मल उत्पादन आदि क्षेत्रमा पनि लगानी जुटाउन सकिने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले लगानी सम्मेलनअघि वीरगन्जको पायक पर्ने सिमरा विमानस्थल र यससँग जोडिएका सडकहरुको स्तरोन्नति आवश्यक रहेको उनको भनाइ छ ।

उनले मधेशमा सौर्य उर्जा क्षेत्रमा विदेशी लगानी आउन सक्ने तर सोलार परियोजनाहरुलाई सुरक्षाको प्रत्याभूति दिइनु पर्ने उनले बताए । उनले मधेशमा कृषि, रासायनिक मल र मोटर पाट्र्स क्षेत्रमा लगानी भित्र्याउनु उपयुक्त हुने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार वैद्यले वैदेशिक लगानी भित्रिनुअघि तीन तहको कर प्रणालीमा रहेको जटिलताहरु हटाइनु पर्ने, उद्योग संचालनको इजाजत दिँदा एकद्वार प्रणालीबाट दिनु पर्ने बताए ।

भारतको बिहार र उत्तर प्रदेश सरकारसँग मधेशको संयुक्त पर्यटन बोर्ड गठन गरेर भारतीय पर्यटक भित्र्याउन गृहकार्य थाल्नु पर्ने उनले सुझाए । वीरगञ्जलाई आर्थिक र जनकपुरधामलाई धार्मिक राजधानी घोषणा गरिनु पर्ने उनको जोड रहेको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले मधेशमा लगानी सम्मेलन अघि निजी क्षेत्र मैत्री लगानी कानुन आइसक्नु पर्नेमा उनले बताए ।

Comment


Related News

Latest News

Trending News