२०८२ भाद्र २३, सोमबार ११:२३

सुनको मूल्य आज घटेको छ। सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेको हो।

सुनको मूल्य आज तोलाको दुईलाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो (आइतबार) सुनको मूल्य तोलाको दुईलाख १२ हजार रुपैयाँ थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।

गएको शुक्रबारदेखि बुधबारसम्म लगातार बढेर उच्च मूल्यको नयाँनयाँ कीर्तिमान बनाउँदै आएको सुनको मूल्य गएको बिहीबार भने स्थिर थियो। त्यसयताका दुई दिनमा सुनको मूल्य तोलामा चार हजार एकसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर दुई हजार चारसय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको २५ सय पुगेको थियो।

Comment


Related News