
मधेश प्रदेशमा अझैसम्म पनि दर्जनौँ पालिकाले बजेट ल्याउन सकेको छैन । चालु आर्थिक वर्षको दुई महिना बित्न लाग्दा पनि मधेश प्रदेशका ३२ वटा पालिकाले बजेट ल्याउन सकेको छैन ।
चालु वर्षका लागि गत आर्थिक वर्ष २०८१/०८२ को असार १० गतेभित्र नै बजेट ल्याउनु पर्ने थियो । जनप्रतिनिधिहरू बीचको आन्तरिक विवाद, व्यक्तिगत द्वेष ईष्र्या र मेयर/उपमेयरबीच स्वार्थपूर्ति नहुँदा अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

मधेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ पालिका छन । तीमध्ये ९७ वटा पालिकाले बजेट ल्याएको छ । एक उपमहानगरपालिका, १८ नगरपालिका र २० गाउँपालिकाले अहिलेसम्म बजेट अझैसम्म ल्याउन सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार सबैभन्दा बढी धनुषाका स्थानीय तहले बजेट ल्याउन नसकेको जनाएको छ । धनुषामा १८ स्थानीय तहमध्ये ६ स्थानीय तहले बजेट ल्याउन सकेको छैन ।
महोत्तरीमा पालिकामध्ये सोनमा गाउँपालिकाले बजेट ल्याएको छैन । त्यस्तै सप्तरीमा छ वटाले बजेट ल्याउन सकेको छैन । सिराहाको ३, सर्लाहीको ५, रौतहटको ५, बाराको ४ र पर्साको ५ पालिकाले बजेट ल्याउन सकेको छैन । स्थानीय तहले निर्धारित मितिमा बजेट ल्याउन नसक्दा सुशासनमाथि प्रश्न खडा भएको छ ।