२०८२ भाद्र २७, शुक्रबार १४:४०

मधेश केन्द्रित सम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चाले लोकतान्त्रिक मूल्य र मान्यताको प्रतिकुल नहुने गरी वर्तमान परिस्थितिमा नयाँ सरकार गठन गरी मुलुकमा निकास दिनुपर्ने बताएको छ।

केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले मोर्चाको तर्फबाट विज्ञप्ति जारी गर्दै युवा पुस्ताका मागहरूलाई सम्बोधन हुने गरी संविधानभित्रबाटै निकास खोज्नुपर्ने बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वर्तमान संविधानप्रति मोर्चाको गम्भीर असन्तुष्टि र विमति भए तापनि सार्वभौमसत्ता सम्पन्न जनताको जननिर्वाचित प्रतिनिधि संस्था सङ्घीय व्यवस्थापिका संसद् नै भएको हुँदा संसद् र संविधान भित्रैबाट सबै समस्याहरूको समाधान सम्भव हुने भएकोले असंवैधानिक बाटो, अतिवादी चिन्तन र विचार तथा प्रतिगमनकारी चलखेल र षडयन्त्रबाट सतर्क र सजग रहनु पर्दछ ।’

वर्तमान संविधान अनुसार नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको भन्दै संविधान र संसद्को प्रतिकुल हुने गरी गरिएको कार्य मोर्चालाई स्वीकार्य नहुने उल्लेख छ।

Comment


Related News

Latest News

Trending News