२०८२ भाद्र २८, शनिबार १२:३१

रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा वेपत्ता भएकी छन्।

लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी साह खोलामा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेका छन्। हालसम्म साहको अवस्था पत्ता लाग्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

जितिया पर्वको अवसरमा व्रतालु महिलाहरूले नहायखायका क्रममा नदी तथा तलाउमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ।

Comment


Related News

Latest News

Trending News