अपडेट 
२०७७ बैशाख १६, मंगलवार ०७:१९

काठमाण्डाै। विश्वका विभिन्न देशमा गरी काेराेना भाइरस (काेभिड १९) सङ्क्रमितमध्ये ९ लाखभन्दा धेरै निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३० लाख ६० हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख १९ हजार आठ सय ९४ जना निको भएकाे वल्डओमिटरले जनाएको छ ।

त्यस्तै १९ लाख २९ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेका मध्ये ५६ हजार दुई सय ८१ जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । सङ्क्रमणका कारण अहिलेसम्म दुई लाख ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै १० लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा साढे ५६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २३ हजारभन्दा धेरै, फ्रान्समा २३ हजारभन्दा धेरै र बेलायतमा २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा अहिलेसम्म साढे २९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ सयभन्दा धेरैको ज्यान गइसकेको छ । सात हजारभन्दा धेरै निको भएका छन् । 

Comment


Related News

Latest News

Trending News