२०८२ आश्विन ५, आईतवार ०७:४६

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीबीच कार्यगत एकताहुँदै पार्टी एकताको तयारीमा जुटेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीबीच भएको भेटवार्ताको क्रममा राजनीतिक सहकार्यलाई सुदृढ गर्दै एकतासम्मका लागि अघि बढ्ने जनाइएको छ ।



करिब डेढ घण्टा चलेको भेटमा दुई नेताले मुलुकको वर्तमान राजनीतिक अवस्था, हालैको जेनजी आन्दोलन, संसद् विघटन र अन्तरिम सरकारको घोषणाबारे गम्भीर छलफल गरेको बताइएको छ । उक्त भेटवार्ताका क्रममा फागुन २१ गते तोकिएको निर्वाचन र आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने संवैधानिक बाटोबारे पनि विचार विमर्श भएको बताइएको छ।

दुवै नेताले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोमा अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा दुई पक्षबीच तत्काल कार्यगत सहकार्यलाई अगाडि बढाउँदै, क्रमशः मोर्चा निर्माण र अन्ततः पार्टी एकतासम्म पुग्ने रणनीतिमा छलफल गर्ने सहमति भएको जनाइएको छ । उनीहरुबीच पहिचान, संघीयता, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्रजस्ता संविधानका उपलब्धिलाई जोगाउँदै थप उपलब्धि हासिल गर्नका लागि एक शक्तिशाली राजनीतिक शक्ति निर्माण गर्नु अपरिहार्य रहेको औंल्याए ।

Comment


Related News

Latest News

Trending News