२०८२ आश्विन ५, आईतवार ०७:५५

चुरे तथा वनजंगल संरक्षण अभियानले राजनीतिक एजेण्डादेखि प्राकृति संरक्षणसम्मका एजेण्डाहरु उठाउने भएका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशमा पनि अन्तरिम सरकार गठनदेखि चुरे संरक्षणका लागि भन्दै जेडयुथ फर नेचर नामक संगठन गठन गरिएको जनाइएको छ ।

जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन गर्दै जेडयुथ फर नेचर नामक संगठनको संयोजक मात्रै ताक्ने प्रावधान गरिएको छ । अहिले भने कसैलाई पनि जेडयुथ फर नेचरको संयोजक तोकिएको छैन । अभियानका संयोजक सुनिल यादवले नवगठित संगठनले देशको वर्तमान अवस्थामा चुरे तथा वनजंगल संरक्षणको मुद्दाप्रति सरकारले देखाएको असंवेदनशीलता, भ्रष्टाचार र कुशासनका कारण युवाहरूमा गहिरो असन्तोष उत्पन्न भएको हुने खालको व्यवहार गर्दै आएकाले आन्दोलन गर्ने चेतावनी समेत दिए ।



संयोजक यादवले विगतमा विभिन्न पटक उठाइएका चुरे संरक्षणको मागप्रति सरोकारवाला निकायले वास्ता नगरेको गुनासो आउन थालेपछि जेडयुथ फर नेचर नामक संगठन गठन गरिएको स्पष्ट गरे । मुलुकमा जेन– जी आन्दोलन भएपछि देशमा परिवर्तन देखिए पनि प्रदेशमा सोको अनूभुति हुन नसकेको भन्दै संयोजक यादवले प्रदेशमा पनि अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् गठन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।

नवगठित जेडयुथ फर नेचरले चुरे–भावर क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न, प्राकृतिक स्रोत–साधनको दोहन तत्काल रोक्न, चुरे क्षेत्रका नदीहरूमा चरणबद्ध रूपमा चेक ड्याम निर्माण गर्न र चुरे वनजंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तर्गत राख्नुपर्ने मागसमेत राखेका छन् ।

उक्त मागहरू तत्काल सम्बोधन नगरिए आफूहरू भ्रष्टतन्त्रविरुद्ध प्रतिकारमा उत्रिने चेतावनी समेत उनले दिए । जेन– जी आन्दोलनले उठाएका सम्पूर्ण जायज मागहरूलाई समर्थन गर्दै यही असोज २३ र २४ गते शहादत प्राप्त गरेका युवा विद्यार्थीहरूलाई श्रद्धाञ्जली अर्पण निर्णय गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News