२०८२ आश्विन ६, सोमबार ०८:४६

नव नियुक्त पाँचजना मन्त्रीको शपथ ग्रहण आज (सोमबार) दिउँसो हुने भएको छ। दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँचजना मन्त्री नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकी थिइन्।

जसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य  मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार छन्। सिन्हा उद्योग, मिश्र स्वास्थ्य, परियार कृषि, खरेल सञ्चार र पुन शिक्षामन्त्रीमा सिफारिस भएका हुन्।

यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

Comment


Related News

Latest News

Trending News