२०८२ आश्विन ६, सोमबार १५:४४

अन्तरिम सरकारका नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

सोमबार शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिनुभएको हो ।

सिन्हालाई उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय, पुनलाई शिक्षा विज्ञान तथा प्रविधि, खरेललाई सञ्चार तथा सूचना प्रविधि र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

४ मन्त्री थप भएसंगैसुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । त्यस्तै यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी समाल्नु भएका रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News