२०८२ आश्विन ७, मंगलवार ०७:१६

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले पार्टीको पदाधिकारी बैठकमा प्रचण्डको विकल्प नभएको बताएका छन् ।

पदाधिकारी बैठकमा सोमबार पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव यादवको भनाइ उदृत गर्दै एक नेताले भने, ‘ प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ । यो लोकमा मात्रै होइन साँच्चै परलोक हुन्छ भने त्यहाँपनि उहाँले नै हाम्रो नेतृत्व गर्नुपर्छ ।’ नेता यादवले जेन– जी आन्दोलनले पुराना पार्टीका सोच विचार ध्वस्त पार्दा पनि पदाधिकारी तहमा भने नफिरेको दाबी गरे ।

नेता यादवले अध्यक्ष प्रचण्डलाई आफैं फस्नेगरी धेरै नबोल्न समेत सुझाव दिएको ती नेताको भनाइ छ । आवश्यक हुँदा अध्यक्षको रक्षाका लागि आफूहरु पनि बोल्न तयार रहेको भन्दै उनले प्रचण्डलाई आफैं भने फस्नेगरी धेरै नबोल्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News