२०८२ आश्विन ७, मंगलवार १६:२८

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलन मूल उद्देश्यबाट विचलित भइसकेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आन्दोलन ‘हाइज्याक’ भएको आरोप लगाएका हुन् ।



प्रसाईँले आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी भएको उल्लेख उनले आफू नि छक्क परेको बताए । उनले यस्तो घटनाक्रम विदेशी हस्तक्षेपको संकेत हुन सक्ने आशंका व्यक्त गरे ।

‘नेपालमा अहिले विदेशी हस्तक्षेपको दबाब बढ्दै गएको छ,’ प्रसाईँले भने, ‘यो अब सजग र माटो सुहाउँदो आन्दोलन हुनुपर्छ ।’

धार्मिक दृष्टिकोणबाट नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राख्दै उनले वर्तमान समयमा धर्म कमजोर हुँदै गएको गुनासो गरे । ‘यो देश भगवान्हरूले बास गरेको भूमि हो,’ उनले भने, ‘भगवान् रामचन्द्र हाम्रो गर्व हुन्, अब आन्दोलन माटो सुहाउँदो ढंगले गर्नुपर्छ ।’

प्रसाईँले जेनजी आन्दोलनले गठन गरेको भनिएको नयाँ सरकारप्रति पनि असन्तुष्टि जनाए । ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन,’ उनले भने ‘जेनजीको आन्दोलनलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’

Comment


Related News