अपडेट 
२०७७ बैशाख १६, मंगलवार १५:३२

इटहरी । सुनसरीको दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीलाई तनाब भएको छ ।

जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण मात्र नभई प्रहरी समेत त्रसित हुने गरेको छ । सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भेन इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बन्यो ।

पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप खोज्न प्रहरीको ओकेटोकेमा निर्देशन भयो तर कतै भेटिएन । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।

Comment


Related News

Latest News

Trending News