२०८२ आश्विन ९, बिहीबार ०७:२२

मधेश प्रदेशमा सतीश कुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनको प्रयास तीव्र बनेको छ ।

चार दलीय गठबन्धनमा रहेका नेकां, एमाले, जनमत र लोसपा मिलेर नै नयाँ सरकार बनाउने संभावना बलियो देखिएको छ । कांग्रेस र एमालेबीच खिचातानी भइरहेकोले सरकारको नेतृत्व गर्ने अवसर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले पाउने प्रबल सम्भावना छ ।

लोसपाले सरकारको नेतृत्व गर्ने मौका पाए वर्तमान शिक्षा मन्त्री रानी कुमारी तिवारी मुख्यमन्त्री हुने निश्चित प्रायः छ । मुख्यमन्त्रीका लागि उपेन्द्र महतोको पनि सशक्त दाबी छ । सरकारमा रहँदा विवादित नभएकी शर्मालाई एमालेले पनि रुचाएको बताइएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरका प्रभावकारी सहयोगी रहेकी शर्मा नै उनको पहिलो रोजाइँमा रहेको एकजना लोसपाका नेताले बताए ।

Comment


Related News

Latest News

Trending News