२०८२ आश्विन ९, बिहीबार ०७:३१

चालु आर्थिक वर्ष शुरु भएको दुई महिनादेखि नै धनुषाको कुनै पनि स्थानीय तहको बैंक खाता सञ्चालनमा आउन सकेको छैन । स्थानीय तहको खाता नखुल्दा सरकारी सेवादेखि विकास निर्माणका कार्यहरू ठप्प भएको छ ।

खाता सञ्चालनमा नआएका कारण स्थानीय तहमा कार्यरत कर्मचारीहरूले अझै तलबभत्ता पाएका छैनन् भने बजेट खर्चसम्बन्धी कुनै पनि आर्थिक गतिविधि हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले जनाए अनुसार जिल्लाका सबै १८ वटा स्थानीय तह एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाको खाता हालसम्म सञ्चालनमा आउन सकेको छैन ।



स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर खाताहरू मिलाउनुपर्ने कानुनी व्यवस्था छ । तर धनुषाका अधिकांश स्थानीय तहहरूले यी आधारभूत प्रक्रिया नै पुरा नगरेका कारण खाता बन्द अवस्थामा छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकले जनाएअनुसार जिल्लाका १८ स्थानीय तहमध्ये १० वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटसमेत अहिलेसम्म पेस गरेको छैन । खाता नखुल्दा स्थानीय विकास योजनाहरू पनि पूर्ण रूपमा ठप्प भएका छन् । सडक मर्मतदेखि सार्वजनिक भवन निर्माण, खानेपानी, ढल व्यवस्थापनलगायतका कार्य अघि बढ्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News