२०८२ आश्विन ९, बिहीबार ११:११

बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १३ सय रुपैयाँले बढ्दै रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो ।

आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक तोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।



यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News