२०७७ बैशाख १६, मंगलवार १५:५०

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद् अपहरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेको जानकारी दिए।

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका हुन्।

Comment

Related News

Latest News

Trending News