२०८२ आश्विन ९, बिहीबार १८:२०

निर्वाचन आयोगले मतादाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय आउँदो कात्तिक मसान्तसम्मलाई तोकेको छ ।

आज बसेको आयोगको बैठकले आउँदो कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हाे । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।



आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय भएको छ ।

अन्तरिम सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनाव तोकेको छ । चुनाव घोषणापछि मतदाता नामावली सङ्कलन रोकिने व्यवस्था भए पनि सरकारले हिजो अध्यादेश ल्याएर कानून परिवर्तन गरेको हो ।

Comment


Related News