२०८२ आश्विन १३, सोमबार १३:२०
मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । तुईन खोला पुल नजिकै पहिरो खसेर दुईतर्फी गाडी आउजाउ फेरि बन्द भएको हाे । पहिरोले बिहान सात बजे अवरुद्ध भएको सडक खुलेको झन्डै पाँच घण्टापछि फेरि अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो झर्ने क्रम जारी नै रहेकाले पहिरो झर्न रोकिएपछि मात्र तयारी अवस्थामा राखेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सूचारू हुने कार्यालयले जनाएको छ । पहिरो अवधिभर रोकिएका सवारीसाधनहरूलाई लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन समेत कार्यालयले अनुरोध गरेको छ ।
यसअघि पनि त्यस क्षेत्रमा पटक–पटक पहिरो झर्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन् ।



