
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरीएर चार जनाको मृत्यु भएको छ।
बुधबार बिहान साढे ९ बजे खुर्पाले माटो खन्ने क्रममा माटोको ठूलो ढिस्को खसेर उनीहरूलाई पु¥रिएको थियो। घटनापछि प्रहारी चौकी हरिपुर्वामा खबर पुग्नासाथ प्रहरी सब–निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। अस्पतालले पौने ११ बजे चारैजना लाई मृत घोषणा गरेको सर्लाही प्रहरी सहप्रवक्ता इन्स्पेक्टर बालिस्टर सिंहले बताएका छन्।

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन (बेधु मंसुरकी श्रीमती), सोही स्थानकी ६ वर्षीया सविवा खातुन (उदय मंसुरकी छोरी), ८ वर्षीया डिल्लु मंसुर (अल्लाउदिन मंसुरका छोरा), ९ वर्षीया नर्गिस खातुन (नसरुल शेखकी छोरी) रहेको प्रवक्ता सिंहले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।तालुक जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट इन्स्पेक्टर बालिष्टर सिंहको कमाण्डमा ११ जना प्रहरीको टोली थप रूपमा घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटना स्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब २.५ किलोमिटर पूर्वतर्फ पर्छ।