२०८२ आश्विन १७, शुक्रबार ११:२४

महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ गुडिरहेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । बसले किच्दा पैदलयात्रु स्थानीयबासिन्दा चुल्हाइ चौधरीको घटनास्थलमै ज्यान गएको र बसका यात्रु सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

बसमा रहेका २० जना भन्दा धेरै यात्रु घाइते भएकामा केहीको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ४३ जना यात्रु सवार रहेका थिए ।

Comment


Related News

Latest News

Trending News