२०८२ आश्विन १७, शुक्रबार १९:३४

जनकपुरधाम उपमहानगरपालिका वडा नं.२० देवपूरा रुपैठामा आज दुर्गा मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको छ ।

दुर्गा पूजा समापनपछि आज शुक्रबार मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई समुदायबीच झडप भएको हो । झडपको क्रममा एक टहरामा आगजनी समेत गरिएको छ ।

झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले आश्रुग्यास प्रहार गरेका  छन् । झडपपछि सम्पूर्ण क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले स्थिती थप असहज नहोस भनेर साँझ ६ः३० बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News