अपडेट 
२०७७ बैशाख १६, मंगलवार २०:०५

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सरकार ढाल्ने षडयन्त्रमा लाग्दा आफ्नै गुटमा कमजोर बन्न पुगेका छन । प्रचण्डले सरकार विरूद्ध हस्ताक्षर अभियान चलाएपछि उनको समूहकै वरिष्ठ नेताले फोहोरी खेल्नमा नलाग्ने स्पष्ट सन्देश दिएका छन ।

सरकारबिरुद्ध हस्ताक्षर अभियान चलाएसँगै नेकपाको सचिवालय बैठक नै अन्योलमा परेको छ भने प्रचण्ड निकट मानिएका पूर्वमाओवादीका नेताहरूले उनको अभियानमा साथ दिन नसक्ने स्पष्ट पारेका छन । राप्रपाका नेता सुनिल थापाको मालीगाउँको घरमा चैत ५ गते भारतीय दूतावासका द्धितिय सचिव र केही कांग्रेस नेतासँग बसेर सरकार ढाल्न संयुक्त छलफल गरेका प्रचण्ड पछिल्लो पटक माधव नेपाल कार्ड देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग बार्गेनिङ गरिरहेका छन ।

जसरी हुन्छ सरकार असफल बनाउनुपर्छ भनेर पछिल्लो पटक भएका सबै गतिबिधिको प्रचण्डले पर्दा पछाडि बसेर निर्देशन गरिरहेका छन ।अध्यक्ष प्रचण्डकै निर्देशनमा हरिवोल गजुरेलले सरकारबिरुद्ध सांसदको हस्ताक्षर अभियान चलाएपछि उनी निकटकै रामबहादुर थापा बादल, दिनानाथ शर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतले सरकारविरूद्ध हस्ताक्षर गर्न अस्वीकार गरेका छन ।

उनीहरूले अहिले पार्टी फुटाउने र सरकार परिवर्तन गर्ने समय नभएको बताएका छन । उनीहरूले छुट्टै बैठक समेत गरेर प्रचण्डलाइ सन्देश समेत दिएका छन । दिनानाथ शर्मा र प्रभु शाहरूले मंगलबार बिहानै प्रचण्डलाइ भेटेर यस्तो खेलमा नलाग्न अनुरोध गरिसकेका छन । उनीहरूले हस्ताक्षर अभियानमा चलाए पनि त्यसमा आफूहरूको सहयोग नरहने स्पष्ट पारेका छन ।

Comment


Related News

Latest News

Trending News