२०८२ आश्विन २०, सोमबार १०:१६

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ ।

सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार चार लाख ३५ हजार तीन सय ५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ ।

गएराति पानीको बहाव पाँच लाख ३३ हजार पाँच सय ४० क्युसेक प्रति सेकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । अहिले कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएको उहाँले बताउनुभयो ।

हिजो विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।

Comment


Related News

Latest News

Trending News