अपडेट 
२०७७ बैशाख १६, मंगलवार २०:२२

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा अति विपन्न परिवारहरुलाई दोस्रो चरणको राहत वितरण सुरु गरिएको छ ।

नेपाल सरकार द्धारा अहवान गरिएको लक डाउनको अवधि लम्बिए पछि नगरपालिकाले वडा नम्बर १ देखि १० सम्म पुन अर्को चरणको राहत वितरण सुरु गरेको नगर प्रमुख योगेन्द्र पजियारको भनाई छ ।

साथै नगर प्रमुख पजियार द्धारा मुस्लिम धार्मालम्बीहरुको पर्व रमजानको मध्यनजर गर्दै आफनो व्यक्तिगत तर्फबाट वडानम्बर १ देखि १० सम्मको सम्पुर्ण मुस्लिम परिवारलाई दिने भनिएको २ किलो चना, १ किलो प्याज, एक पाउँ छहरा, १ किलो नुन तथा आधार लिटर खाने तेल वडानम्बर १ का मुस्लिम परिवारहरुलाई वितरण गरिएको उहाले जानकारि दिनुभयो  ।

 लक डाउनको पालना भईरहेको र हामिहरुले सचेतना  जगाउनको लागि पनि पहल गरिएको उहाले जानकारि दिनुभयो । कोभिड १९ को संक्रमण नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकार द्धारा देश व्यापी रुपमा लकडाउनको समय लम्बिए पछि गरिव मजदुर विपन्न परिवालाई दैनिक जीवनयापन गर्न कठिन भइरहेको समय वडानम्बर ५ महेन्द्रनगर ज्ञानमन्दिर स्कुलको प्राडङ्गनमा सिन्धुलीटोल, डाडाटोल र दुधमती लगायत ७ सय ४ घरपरिवारलाई राहत वितरण गरेको छ ।  त्यस्तै वडानम्वर ५ मा १२ के.जी.चामल, १ के.जी.दाल, १ के.जी.नुन, आधी लिटर खानेतेल, १ के.जी.आलु वितरण गरिएको वडाअध्यक्ष जिवछ मणडलले जानकारि दिनुभयो  ।

दोस्रो चरण रलकडाउन र निषेधाज्ञाको कारण काम काज, पसल, व्यापार निमार्ण कार्य पूर्ण रुपमा प्रभावित भएपछि असहाय एवं विपन्न दलित परिवालाई छाक टार्न धौधौ परिरहेको बेला प्रदेश सरकार द्धारा जारी गरेको निर्दे्शिका अनुसार सर्बदलीय बैठक बसी संकलन भएको तथ्यांक अनुसार राहत वितरण गरेको वडाअध्यक्ष जिवछ मणडलले जनाउनुभयो ।

राहत वितरण कार्यमा नगरप्रमुख योगेन्द्र पजियार, सहित उपप्रमुख, नगरका कर्मचारी,  वडाध्यक्ष, संचारकर्मी, स्वास्थकर्मी र प्रहरी प्रशासनसहित स्थानीयको सहभागीता रहेको थियो  ।

Comment


Related News

Latest News

Trending News