अपडेट 
२०७७ बैशाख १६, मंगलवार २०:३०

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको एक वडाध्यक्षको आज अचानक मृत्यू भएको छ । 

मिथिला नगरपालिका वडा नं. ७ का वडाध्यक्ष युवराज उप्रेतिको असमायिक मृत्यू भएको छ । मेयर उपमेयरसँगै विकास निर्माण कार्य नीरिक्षणमा गएका वडाध्यक्ष उप्रेति एकाएक ढलेपछि मृत्यू भएको जनाइएको छ ।

मिथिला नगरपालिकाकी उपमेयर तारा कुमारी बस्नेतका अनुसार कार्य अनुमगनको क्रममा कुरा गर्दा गर्दै उप्रेति ढलेका थिए । उनको करिब ५ बजेतर्फ नै मृत्यू भएको बस्नेतले बताइन् । 

मिथिला नगरपालिका वडा नं. ८ को पोखरिया स्थित सहरी विकास बोर्डबाट दिएको योजना अनुगमनको लागि डिइ आएको भन्दै अनुगमन जाँदा केही बेरपछि उनी ढलेका थिए । 

Comment


Related News

Latest News

Trending News