२०८२ आश्विन २३, बिहीबार ०७:१३

पोखराको लिची बगान जग्गा

घोटाला काण्डमा दुईजना पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेतासमेत रहेका पूर्वमन्त्री गुप्ता र नाउपाका अध्यक्षसमेत रहेका पूर्वमन्त्री श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै मालपोत कार्यालय, कास्की पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई समेत प्रतिवादी बनाइएको छ । खेम पुनसँग २५ लाख बिगो मागदाबी गरिएको छ भने अन्य ६ जनासँग ७८/७८ लाख रुपैयाँ बिगो माग गरिएको जनाइएको छ ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यही प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News