२०८२ आश्विन २३, बिहीबार १५:२१

बिल–बिजकभन्दा बढी मालसमान भएको शंका लागेपछि प्रहरीले मकवानपुरमा एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १० बजे रातोमाटे चेकपोस्टमा नियमित सवारी चेकजाँचका क्रममा उक्त ट्रक रोकिएको हो।

बिरगंजबाट हेटौँडातर्फ गइरहेको लु।२ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई प्रहरीले शंका लागी जाँच गर्दा त्यसमा बिल–बिजकमा उल्लेखितभन्दा बढी सामान लोड गरिएको पाइएको थियो। ट्रकभित्र औषधी, भाँडाकुडा, खाद्यान्न लगायतका सामानहरू रहेको र ती सामानहरूको मूल्य २८ लाख ७० हजार बराबर हुने प्रहरीले जनाएको छ।



प्रहरीले उक्त ट्रकसहित चालक हिरालाल प्रसाद कुर्मी ९४५ वर्ष० लाई नियन्त्रणमा लिएको छ। उनी जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१४, पिपरा निवासी हुन्।

नियन्त्रणमा लिइएका सामान र चालकलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा मालसमान ढुवानी हुने क्रम रोक्न नियमित अनुगमन र चेकजाँच अभियान जारी राखिएको छ।

Comment


Related News

Latest News

Trending News