२०८२ आश्विन २४, शुक्रबार ११:१४

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार यादवविरुद्ध दायर राजद्रोह मुद्दामा एक लाख रुपैयाँ र सार्वजनिक सेवा अवरोध तथा आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी जम्मा एक लाख ६० हजार रुपैयाँ धरौटी निर्धारण गरिएको हो ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौजसम्बन्धी टेलिफोन संवाद सार्वजनिक भएपछि भदौ २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा रहेका क्रममा आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्नका लागि प्रहरीले अस्थायी रूपमा छाडेको थियो । काजकिरिया सकेर यादव बिहीबार स्वयं अदालतमा उपस्थित भएका थिए ।

Comment


Related News

Latest News

Trending News