अपडेट 
२०७७ बैशाख १७, बुधबार ०८:०५

जनकपुरधाम । धनुषाको सिमावर्ती क्षेत्रका कुल १० वटा मदरसा र मस्जिदहरुमा मंगलवार अनुगमन गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मुस्लिम आयोगद्वारा मनोनित धनुषा जिल्ला अनुगमन समितिद्वारा धनुषाको दक्षिणवर्ती क्षेत्रको करिव १० वटा मुस्लिम धार्मिक स्थलहरुमा अनुगमन गरिएको छ ।

भारतवाट आएर नेपालको विभिन्न धर्मको धार्मिक स्थलहरुमा भारतियहरु लुकेको हुन सक्ने आशंकामा मुस्लिम समुदायकै अगुवाहरुको रोहवरमा अनुगमन गरिएको छ । धनुषा जिल्लामा मुस्लिम आयोगद्वारा मनोनीत गरिएका धनुषा जिल्ला अनुगमन समितिको साथै सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयवाट डीएसपीको सहयोगमा अनुगमन गरिएको बताइएको छ । अनुगमनमा समितिका संयोजक मो. कैस, सदस्यहरु हकिम राइन, हबीब मंसूरी, शोहैब रजा, अब्दुल हलीम र ईद मोहम्मद साफी (जानी) सहितको सहभागिता रहेको थियो ।

यस्ता छन् अनुगमन गरिएका स्थलहरु

१) गुलसने मदीना मदरसा, बेलही, फुलगामा–३
२) बरकाती मस्जिद, मुखियापट्टी मुसरनिया–४
३) फैजाने मुस्तफा मदरसा, मुखियापट्टी मुसरनिया–४
४) मदरसा अहले सुन्नत फैजे गरीब नवाज, मुखियापट्टी मुसरनिया–३
५) मदरसा फैजाने रजा, तुलसियाही, मुखियापट्टी मुसरनिया–३
६) मदरसा गुलसने रजा, मुखियापट्टी मुसरनिया–१
७) इस्लामिल मुस्लेमीन मदरसा, लगमा
८) जमा मस्जिद, लगमा
९) गुलसने रजा मदरसा, नवकाटोल नगराइन–७ देवडि़हा
१०) नूरी मस्जिद, नवकाटोल नगराइन–७ देवडि़हा

Comment


Related News

Latest News

Trending News