२०८२ आश्विन २५, शनिबार १२:०२

नेपाल राष्ट्र बैंकले एटीएमबाट नगद झिक्न पाउने सीमा घटाएको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै एटीएमबाट नगद झिक्न पाउने सीमा घटाएको हो । नयाँ निर्देशिकाअनुसार अब डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रतिकारोबार बढीमा २० हजार रुपैयाँ मात्रै झिक्न पाइने भएको छ ।

यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो । अब एकदिनमा एटीएमबाट नगद झिक्न पाउने सीमा पनि घटाएर ५० हजार रुपैयाँ बनाइएको छ । यसअघि एटीएमबाट एकदिनमा एक लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।

त्यस्तै प्रतिमहिना तीन लाख रुपैयाँसम्म मात्रै नगद झिक्न पाउने व्यवस्था गरिएको छ । यसअघि चार लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।

Comment


Related News

Latest News

Trending News