अपडेट 
२०७७ बैशाख १७, बुधबार ०८:०९

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि सबैजसो देशहरुले लागू गरेको लकडाउन खोल्नुपर्ने दबाब बढ्दै गएको छ। 

यसैका बीचमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले सबै देशका सरकालाई कार्यस्थलमा कोरोना भाइरस फैलन नदिन रोजगारदाता र मजदूरका संस्थासँग सघन छलफल अघि बढाउन आग्रह गरेको छ। आवश्यक स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेर आर्थिक जीविका (व्यवसाय) खुला आइएलओले सुझाएको छ।

सबै रोजगारदाताले कार्यस्थलका जोखिम आँकलन गरी उच्च पेशागत सुरक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर कामदार तथा कर्मचरीहरुमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आइएलओको आग्रह छ। आइएलओले पेशागत सुरक्षा र स्वास्थ्य दिवसको अवसरमा रोजगारदाता र कामदारलाई कार्यस्थलमा सुरक्षित वातावरण कायम राख्न आग्रह गरेको हो।

‘यस्तो सुरक्षा नअपनाउने हो भने भाइरस पुनः फैलन सक्छ। संक्रमणको दोस्रो लहर संकुचन गर्नका लागि अत्यावश्यक कदमहरु अपनाउनुपर्छ,’ आइएलओले भनेको छ। आइएलओका महानिर्देशक गाइ राइडरले कामदारको सुरक्षा र स्वास्थ्य आजको सर्वोच्च आवश्यकता भएको बताए। ‘संक्रामक रोगको प्रकोपसँग आफू र आफ्नो समुदायलाई कसरी जोगाउने नेतृत्व उनीहरुले लिएर व्यवसायलाई जागृत गर्न सकिन्छ,’ राइडरले भने, ‘यो कार्यस्थलको सुरक्षा र स्वास्थ्यसम्बन्धि मापदण्डबाट मात्र कामदार, तिनको परिवार र बृहत्तर समुदायलाई सुरक्षित राखेर आर्थिक जीविका सम्भव छ।’

खासगरी जोखिम नियन्त्रण मापदण्ड विकास गरेर अग्रपंक्तिमा काम गर्ने नर्स, डाक्टर, अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्नेहरु, एम्बुलेन्स चालक तथा सरसफाइ गर्नेलाई अझै विशेष सुरक्षा आवश्यक रहेको उल्लेख गर्दै आइएलओले जोखिममा रहेका कामदार तथा व्यवसाय, अनौपचारिक अर्थतन्त्र र प्रवासी तथा आन्तरिक कामदारलाई समेत ध्यान दिन आग्रह गरेको छ। उनीहरुलाई कसरी सुरक्षित रहने र स्वस्थ उपायहरु अबलम्बन गर्ने भनेर शिक्षा र तालिम दिन आवश्यक छ। यसका अतिरिक्त आवश्यकता अनुसार निःशुल्क व्यक्तिगत सुरक्षा उपकरण, सार्वजनिक स्वास्थ्य सेवामा पहुँच र जनजीविकाका विकल्पहरु दिनुपर्ने आइएलओको राय छ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक तेद्रोस अद्यानोम घेब्रेयसुसले कोरोना भाइरस महामारीले मजबुत राष्ट्रिय कार्यक्रमहरुको शीघ्र आवश्यकतालाई जोड दिएको छ। 

अरुका लागि आफ्नो जीवन जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु, चिकित्सा पेशाकर्मी र अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्नेहरुको स्वास्थ्य र सुरक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। ‘कार्यस्थल सुरक्षा र स्वास्थ्यसम्बन्धि विश्वव्यापी दिवसका अवसरमा स्पष्ट, सभ्य र सुरक्षित काम गर्ने वातावरणको व्यवस्था गर्न आग्रह गर्दछु,’ उनले भनेका छन्।

कामको अवरोध हटाएर कार्यस्थलमा फर्कने वातावरण बनाउन आइएलओले सम्भावित खतरा र जोखिम मूल्यंकन गरेर सबै कार्य सञ्चालनमा संक्रमणको सबै सम्भावनाको निरन्तर आँकलन गर्न, सबै कार्यस्थलमा सुरक्षा अपनाउन, कामदारबीच भौतिक दूरी कायम राख्न आग्रह गरेको छ। त्यस्तै, ग्राहक र आगन्तुकसँग आपसमा साक्षात्कार नहुने वातावरण बनाउन, हावाको सञ्चार हुने वातावरण बनाउन, राम्रो सरसफाइ, सुरक्षा, निस्संक्रमणको व्यवस्था गर्न सुझाइएको  छ। 

त्यस्तै, अत्यावश्यक ठाउँमा व्यक्तिगत सुरक्षा उपकरण दिन, शंकास्पदलाई एक्लाएर सम्पर्कमा आएकाहरुलाई पहिल्याएर निगरानी गर्न, कर्मचरीलाई मानसिक स्वास्थ्य परामर्श, स्वास्थ्य र कार्यस्थलको सुरक्षा, सरसफाइ सम्बन्धमा शिक्षा, तालिम र सूचलामूलक सामग्रीहरु प्रदान गर्न आग्रह गरिएको छ।   

Comment


Related News

Latest News

Trending News