२०८२ आश्विन २६, आईतवार १४:११

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अधिवेशन भोली देखि जनकपुरधाममा शुरु हुँदै छ ।

असोज २७ र २८ गते जनकपुरधाममा हुने प्रदेश अधिवेशनका लागि भुगोल बाट प्रतिनिधि छनौट लगभग सम्पन्न भई सकेको छ । अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रह्ने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए । अधिवेशनको उदघाटन सत्रलाई असोज २७ गते पार्टी अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको उनले बताए ।

देश विषम राजनीतिक परिस्थितिमा रहेको समयमा पार्टीको मधेस प्रदेश अधिवेशनको औचित्य झन बढेर गएको उनले बताए । पार्टीले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना तथा संबैधानिक अदालत, सामाजिक न्याय तथा सुशासनको प्रत्याभूति, भ्रष्टाचारको अन्त्य जस्ता मुद्दा अहिले आएर जेन जी पुस्ताले उठाएको र आफूहरु एक दशकदेखि उठाउँदै आईरहेको उहाँले स्पष्ट पारे । यो प्रदेश अधिवेशनमा समेत यी मुद्दाहरुलाई उठाउने उनको भनाई थियो ।

अधिवेशन बाट नयाँ नेतृत्वकालागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव अकांक्षी रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News