अपडेट 
२०७७ बैशाख १७, बुधबार ०८:३९

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनले तीनवटा रिपोर्ट गलत दिएपछि परीक्षण बन्द गरी मेसिनको विश्वसनीयता जाँच गरिने भएको छ। यस प्रयोगशालामा परीक्षण गरिएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट बाझिएको छ। तीनवटा रिपोर्ट बाझिएपछि प्रादेशिक प्रयोगशालाको मेसिनमा परीक्षण रोकिएको छ।गलमभाष्लभम

प्रादेशिक प्रयोगशालाले रौतहटका दुईजनाको स्वाब परीक्षण गरी नेगेटिभ रिपोर्ट दिएको थियो। तिनै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामापरीक्षण गराउँदा मंगलबार पोजेटिभ रिपोर्ट आएको छ। रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय युवक र देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवकको पुनः परीक्षण रिपोर्टमा कोरोना संक्रमणपुष्टि भएपछि प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनको विश्वसनीयतामा प्रश्न उठेको हो।

प्रादेशिक प्रयोगशालाले परीक्षणपछि नेगेटिभ भनी रिपोर्ट दिएका तीन व्यक्तिको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ।

यसअघि वैशाख ७ गते पनि सर्लाहीको धनकौल गाउँपलिका ५ का १४ वर्षीय किशोरको स्वाब परीक्षणपछि प्रादेशिक प्रयोगशालाले नेगेटिभ रिपोर्ट दिएको थियो। तर राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षण गराउँदा भने रिपोर्ट पोजेटिभ आएपछि त्यति बेलै प्रादेशिक प्रयोगशालाको पिसिआर मेसिनको रिपोर्टमाथि शंका उत्पन्न भएको थियो। परीक्षण गर्ने प्राविधिकको नभई पिसिआर मेसिनकै गडबडीले रिपोर्ट सही नआएको प्रयोगशाला प्रमुख रामविनय साह बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्रादेशिक प्रयोगशालालाई पोर्टेबल पिसिआर मेसिन प्राप्त भयो।काठमाडौंबाट पत्रसहित आएका प्राविधिकले मेसिन जडान गरी चैत २१ गतेबाट परीक्षण सुरु गरे। सात दिन बसेर उनीहरु फर्के। त्यसपछि प्रयोगशाला प्रमुख रामविनय साह नेतृत्वमा तीनजना प्राविधिकले परीक्षण अघि बढाए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त मेसिन हामीले मन्दिरबाट प्राप्त प्रसादजस्तै ग्रहण ग¥यौं’,प्रयोगशाला प्रमुखसाहले नागरिकसँग भने,‘थोरै क्षमताको भएपनि मेसिन पाएर हामी खुसी भयौं। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त मेसिनमाथि शंका गर्ने कुरै भएन।

हामी लगातार परीक्षण गर्दै गयौं।’ भ्याएजति यसै मेसिनबाट परीक्षण गरेको र बाँकी नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदै आएको उनले बताए।

Comment


Related News

Latest News

Trending News