२०८२ कार्तिक १, शनिबार ०६:५८

धनतेरसको पूर्व संध्यामा जनकपुरको सोनापट्टीमा प्रहरीले एक सुन पसलमा छापामारी गर्दा व्यवसायी र प्रहरीबिच झडपभइ तनावको अवस्था सिर्जना भएको छ ।

प्रहरीले सन्जय पायल ज्वेलर्समा शुक्रवार सांझ छापामारी गर्दा व्यवसायी र प्रहरीबिच झडप भएको थियो । जिल्ला प्रहरी कार्यालयका डिसपीको नेतृत्वमा गएको टोलीले सो ज्वेलर्समा छापामारी गरी करिब ४ किलो चा“दीको गहना नियन्त्रणमा लिदा व्यवसायीले अवरोध र सम्वाद गर्न खोज्दा झडप भएको बताइन्छ ।

व्यवसायी पवन ठाकुरका अनुसार प्रहरीले संजय पायल ज्वेलर्समा राखिएको चा“दीको गहना राजस्व छलेर ल्याएको भन्दै सोकेसबाट झिकेर बाहिर राख्दा आफूलगायत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रहरीका टोलीसंग चा“दीबारेमा छलफल गरिरहेकै बेलामा प्रहरीले व्यवसायीहरुको कथनलाई वेबास्ता गर्दै लाठी चार्जस“गै अश्रु ग्यास प्रहार गरेको थियो ।

व्यवसायी ठाकुरले सोकेसबाट निकालिएको चा“दीबारे आफुहरुले प्रहरीलाई जानकारी दिदै पसलमा स्थानीय उत्पादन र बाहिरबाट ल्यएका सुन चा“दीका वस्तुहरु रहेकोमा यसबारेमा अध्ययन गर्नुपर्ने बारेमा छलफल गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको चा“दी बिना विलविजकको भएको भन्दै चा“दी फिर्ता गर्न नमानि प्रहरी कार्यालयमै यस बारेमा छलफल हुने भन्दै व्यवसायीको आग्रहलाई अस्वीकार गरी लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेका थिए ।

सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउकोलगायत शरीरका विभिन्न अंगमा चोट लाग्दा भण्डारीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । व्यवसायी ठाकुरले यस घटनाले व्यवसायीहरु भय उत्पन्न भइ धनतेरसका दिन पसल खोल्ने वा बन्द राख्ने गम्भीर र सोचनीय अवस्था रहेको बताए ।

Comment


Related News

Latest News

Trending News