अपडेट 
२०७७ बैशाख १७, बुधबार ११:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटबिच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउनका कारण अझै निश्चित भएको छैन।

जेठ १५ गते बजेट ल्याउनु पर्ने भए पनि वैशाख २५ सम्म लक डाउन घोषणा गरेको अवस्थामा संसदबाटै बजेट ल्याउने संभावनाका विषयमा प्रधानमन्त्री र सभामुखबिच कुराकानी भएको हो। तर नेकपाभित्र सरकार नै फेरबदल गर्ने गरी बढेको संघर्षका कारण संसदमा बजेट पेश हुने संभावना कम रहेको स्रोतको भनाइ छ।

सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार अधिवेशनको बोलाउन वा नबोलाउने विषयमा शुक्रबारसम्म टुंगो लाग्ने जानकारी दिए।

Comment


Related News

Latest News

Trending News