
धनुषा जिल्ला अदालतले ज्यानमार्ने उद्योग मुद्दामा संलग्न सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले क्षीरेश्वरनाथ नगरपालिका–५ का सुशिल कुमार चौधरीको जाहेरीका आधारमा नेपाल सरकार विरुद्ध दायर मुद्दामा आदेश जारी गर्दै पक्राउ पुर्जी इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई पठाएको हो ।
अदालतका अनुसार क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैया गाउँका उमेश यादव, वडा नं ५ का योगेन्द्र पजियार, जिवछ मण्डल, निरज मण्डल र कमल मण्डल धानुक लगायत सात जनामाथि पक्राउ पुर्जी जारी गरिएको छ।

उनीहरूविरुद्ध ज्यानमार्ने उद्योग (हत्या प्रयास) मुद्दा दर्ता भएको र अदालतको आदेशअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।
पक्राउ पुर्जीमा उल्लेख रहेको योगेन्द्र पजियार नेपाली कांग्रेस धनुषाका सभापति रहेका छन् ।